अब घिसिङसँगको सहमति औपचारिक रुपमा अघि बढ्छ: सभापति लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनुभएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ ।

आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले सरकारमै रहेको समयमा सहमति गरेको अब राजीनामा दिएर आएपछि सो सहमतिलाई पार्टीले औपचारिकता दिने बताउनुभयो ।

केही साता अघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो ।

सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

राजनीतिमा सक्रिय भएपछि घिसिङलाई प्रधानमन्त्री सुशीला कार्कीले नै राजीनामा दिन आग्रह गर्नुभएको थियो ।

घिसिङले हिजो राति पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.