आजको मौसम पूर्वानुमान : तराई /मधेसमा कुहिरो

काठमाडौँ- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई/मधेसका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यसैगरी, आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ ।






प्रतिक्रिया राख्नुहोस्