सुरु भयो काँग्रेसको विशेष महाधिवेशन (फोटो फिचर)

काठमाडौँ- नेपाली काँग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराउने क्रम जारी छ ।

विशेष महाधिवेशन आयोजक समितिले करिव ६० प्रतिशतको हाराहारीमा महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने दावी गरेको छ।
नेपाली काँग्रेसको विधान अन्तर्गत दफा १७(२) अनुसार यो विशेष महाधिवेशन हुन लागेको हो ।
जसमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने प्रावधान रहेको छ । नेपाली काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले गत असोजमा नै विशेष महाधिवेश आव्हानका लागि केन्द्रीय समितिमा निवेदन पेश गरेका थिए ।

आज र भोलि दुईसम्म चल्ने यो विशेष महाधिवेशनले नयाँ नेतृत्व भन्दा पनि नयाँ नीति बनाउने सहभागीहरु बताउँछन ।
विशेष महाधिवेशनको अगुवाइ दुई जना महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरिरहनुभएको छ।

विशेष महाधिवेशनको विषयलाई लिएर नेपाली काँग्रेसभित्र व्यापक विवाद भने जारी छ।

संस्थापन अर्थात सभापति शेरवहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ता भने यो विशेष महाधिवेशनको विपक्षमा छन । नियमित महाधिवेशन आगामी बैशाख २८ गते गर्ने गरी काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यतालिका तय गरिसकेपछि यो विशेष महाधिवेशनको औचित्य नहरने संस्थापन पक्षको भनाइ छ ।।









प्रतिक्रिया राख्नुहोस्