सुरु भयो काँग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन सत्र

काठमाडौँ- नेपाली काँग्रेसको विशेष महाधिवेशन उद्घाटन शत्र काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको छ।  विशेष महाधिवेशनमा सहभागी हुन उपत्यकाका विभिन्न ठाउँबाट बाजागाजासहितको झाँकी र जुलुश महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन् । नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ । राजधानकी काठमाडौँको भृकुटी मण्डपमा  जारी उद्घाटन सत्रमा नेताहरुले सम्बोधन गरिरहनु भएको छ । महाधिवेशनमा   करिव ६० प्रतिशत प्रतिनिधि सहभागी हुने आयोजकको दावी गरेका गर्दै आएका छन् ।

जेनजी आन्दोलनपछि मुलुकको बदलिदो परिस्थितिमा पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनु पर्ने भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए । पार्टीको विधान बमोजिम नियमित महाधिवेशन नगर्ने भएपछि विशेष महाधिवेशन गर्नुपर्ने विधानको वाध्यकारी व्यवस्था बमोजिम महाधिवेशन आयोजना गरिएको महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको भनाइ छ ।

अर्कोतर्फ संस्थापन पक्षले भने महाधिवेशन प्रतिनिधिलाई सहभागी नहुन सर्कुलर नै जारी गरेको अवस्था छ । पार्टीका केही नेताहरु भने दुबै पक्षलाई मिलाउने प्रयासमा छन् । विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा रुपान्तरण गर्ने गरी पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सहभागी हुनुपर्ने चन्द्र भण्डारी लगायतका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.