पार्टीमात्र होइन देशकै भविष्य बदल्ने आधार तय गर्दै छौ- विश्व प्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाअधिवेशनले बन्दसत्रबाट हुने निर्णयले कांग्रेसको आगामी राजनीतिक दिशा मात्र नभई देशकै भविष्य बदल्ने आधार तय गर्ने बताउनु भयो ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले सिङ्गो कांग्रेस विशेष अधिवेशनको निर्णयबाट देशकै नेतृत्व गर्ने गरी अघि बढेने बताउनु भयो ।

‘कतिपयलाई महामन्त्रीहरूले पार्टी फुटाउँछ भन्ने लागेको होला, हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने गरी अघि बढेका छौँ। विशेष महाधिवेशनको उपस्थिति कुनै भिड होइन।’ महामन्त्री शर्माले भन्नुभयो ।

उहाँले विशेष महाधिवेशनको हलले जे निर्णय लिन्छ कांग्रेसको आगामी बाटो हुने पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.