विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको दावी
बन्द सत्रको कार्यक्रम भोलि, बन्दसत्रमा सभापति देउवा पनि उपस्थिति हुने महामन्त्रीद्वयको विश्वास

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहको समापनमा आयोजकले अहिले सम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले विेशष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जानकारी गराएका हुन ।
अहिले सम्म ६२ प्रतिशत पुगेको र अहिले पनि प्रतिनिधिहरुले हस्ताक्षर गर्ने कार्यक्रम जारी रहेको यो संख्या बढ्ने आयोजकको दावी रहेको छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउनु भएको थियो ।
उद्घाटन सत्र समापन भएको छ भोलि बन्द सत्रको कार्यक्रम रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्