बैतडीको खोड्पेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ भन्दा बढी घाइते

नरी बडु, बैतडी- जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपककुमार रायले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई डडेल्धुरा अस्पताल लगिएको छ ।
बैतडीको सुर्नया गाउँपालिका– ६ मोतिनगरबाट डडेल्धुरातर्फ जादै गरेको मे १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो । जीपमा २० जनासम्म सवार रहेको बुझिएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेकाले थप बिवरण आउन अझै बाँकी छ । घाइतेहरुको उद्धारमा स्थानीय र प्रहरीको टोली खटिएको छ ।
दुर्घटनाको एकीन विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्