काँग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बियो

सभापति देउवा निरन्तर संवादमा

काठमाडौँ- नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन  भोलि मंगलबारसम्मका लागि लम्बिएको छ ।

दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल  जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि पनि भोलि नै निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।

आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेकोले अझै समय लाग्ने भएकाले भोलि पनि हल बुक गरिएको र नेतृत्व चयनका लागि भोलि नै निर्वाचन प्रक्रियामा प्रवेश गर्ने गरी छलफल अघि बढेको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाइरहेको भएपनि संस्थापन पक्षसँगको संवाद र वार्ता जारी छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्य र नेताहरुलाई बोलाएर पार्टी विभाजनलाई रोक्ने उपायको बारेमा कुराकानी भइरहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.