माघ ४ गते आइतबार राष्ट्रिय सभाको अधिवेशन आव्हान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आव्हान गर्नुभएको हो।
यस अघि आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन आव्हानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्