एन्फाको माघ २८ को निर्वाचन प्रक्रिया तत्काल रोक्न अदालतको आदेश

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को यही माघ २८ गते हुने भनिएको केन्द्रिय निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले सोमबार आदेश जारी गरेको छ । गोर्खा जिल्ला फुटबल संघको तर्फबाट निर्वाचनको प्रकृया रोक्न माग गर्दै परेको रीटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतका न्यायधिश कृपासुर कार्कीको एकल एजलासले आगामी माघ ६ गते छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश गर्दै त्यतिन्जेलसम्म निर्वाचनका सबै प्रक्रिया स्थगनमा राख्न आदेश गरेको छ । एन्फाको केन्द्रिय कार्यसमितिले यही माघ २८ गते ‘अर्ली इलेक्सन’ गर्ने भन्दै निर्वाचनका लागि तयारी सहित प्रक्रिया सुरु गरिसकेको छ । आगामी असार ४ गतेसम्म कार्यकाल रहेको एन्फाको अवधि बाँकी रहँदै अर्ली इलेक्सनमा जान लागेको भन्दै विरोध हुदै आएको थियो । एन्फाका अध्यक्षले भने बदलिएको परिस्थितिमा एन्फालाई गतिशील बनाउन महाधिवेशन सहित निर्वाचनमा जान लागेको बताउदै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.