बागलुङमा एक लाख ९३ हजार मतदाता कायम

ढोरपाटन (बागलुङ)- बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।

गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म दर्ता भएको मतदाता नामावलीमा १६ देखि २८ वर्षसम्मका उमेर समूह बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर पाँच हजार २५३ मतदाता थपिएका छन् ।

मतदाता नामावली दर्ता गराउनेमा सबैभन्दा बढी युवापुस्ता छन् । जिल्ला बाहिरका १०० मतदाताले बागलुङबाट नामावली दर्ता गराएको प्रमुख रिजालले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयमै पुगेर एक हजार ४६४ जना र राष्ट्रिय परिचय प्रणालीतर्फबाट तीन हजार ९२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

बागलुङमा दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं १ मा ४८ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९८ हजार ८४६ जना र क्षेत्र नं २ मा ५९ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९५ हजार ३३५ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.