केन्द्रीय समितिको बैठक बस्दै, दुई पक्षीय वार्ता जारी

काठमाडौँ- विशेष महाधवेशनबाट पार्टी नै विभाजनको अवस्थामा पुगेपछि काँग्रेस संस्थापन पक्षले वार्ताका लागि महामन्त्रीहरुसँग आग्रह गरेको छ।
महामन्त्रीहरूले विशेष अधिवेशनमार्फत नीति र नेतृत्व नै फेर्ने तयारी गरेपछि सभापति शेरबहादुर देउवा र महामन्त्रीहरुले वार्ता टोली बनाएरै छलफल अघि बढाएका हुन ।
वार्ता जारी रहँदा केन्द्रीय समितिको बैठक पनि डाकिएको छ।
आज विहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाए पनि वार्ताको निष्कर्ष नआएको भन्दै बैठक दिउँसोका लागि सारिएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन भनिएको छ।






प्रतिक्रिया राख्नुहोस्