नेपाल टेलिभिजनकी छायाँकार पन्थी सम्मानित

काठमाडौं -चन्द्रागिरि नगरपालिकास्थित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ले आफ्नो दशौँ स्मृति दिवसको अवसरमा नेपाल टेलिभिजन (एनटीभी)की छायाँकार विष्णु पन्थीलाई विशेष सम्मान गरेको छ ।
आइतबार नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयको प्रांगणमा आयोजित एक समारोहबीच प्रतिष्ठानले पत्रकारिता र सञ्चारको प्राविधिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै पन्थीलाई सम्मान पत्र र ताम्रपत्रद्वारा सम्मानित गरेको हो ।
टेलिभिजन छायाँकारको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पन्थी, विगत लामोसमयदेखि यस क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्