नेपाली काँग्रेसको विशेष महाधिवेशन थप एक दिन लम्बिने
अझै सुरु भएन केन्द्रीय कार्य समिति बैठक,सम्वादमा शीर्ष नेताहरु

काठमाडौँ- काठमाडौँको भृकुटी मण्डपमा जारी नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन थप एक दिन लम्बिने भएको छ ।
निर्वाचन प्रकृया सुरु भएको यो प्रकृया केही समय लिन सक्ने भन्दै आयोजकले भोलिका लागि पनि हल भाडामा लिएको जनाएका छन् ।
यो सँगै महाधिवेशन पनि थप एक दिन लम्बिने पक्का भएको हो ।
यता विशेष महाधिवेशन आयोजकले भोलिका लागि पनि हल भाडामा लिइरहँदा नेपाली काँग्रेसका शीर्ष नेताहरुले भने संवादलाई जारी राख्नु भएको छ । शीर्ष नेताहरु सम्वादमा ब्यस्त रहँदा आज ११ बजेका लागि सानेपामा बोलाइएको केन्द्रीय कार्य समितिको बैठक बस्न सकिरहेको छैन ।






प्रतिक्रिया राख्नुहोस्