नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोवार रकम पनि बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक चार दशमलव ९० अङ्कले बढेर दुई हजार ६३९ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

मंगलबार ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा ६ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो अघिल्लो दिनको कारोवारभन्दा करिव ५० करोड रुपैयाँभन्दा धेरैले बढेको हो ।

मंगलबारको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३ र लघुवित्त शून्य दशमलव २० प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । जलविद्युत एक दशमलव ०२, लगानी शून्य दशमलव ०४, म्युचुअल फण्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०७, व्यापार शून्य दशमलव ९८ र अन्य समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

मंगलबार थ्रीस्टार हाइड्रोपावर लिमिटेडलेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबभन्दा धेरै ६ दशमलव ०९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.