सरकार निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन प्रतिबद्ध छ: गृहमन्त्री अर्याल

धनुषा- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निश्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
जनकपुरधाममा आयोजित मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री अर्यालले वर्तमान सरकार निर्वाचन गराउने म्याण्डेट लिएर बनेको सरकार रहेकाले निश्पक्ष निर्वाचन गराई छोड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
उहाँले सरकारको सुशासन तथा निश्पक्ष र धाँधली रहित निर्वाचन गराउने म्याण्डेट रहेको र लक्ष्य अनुरुप वर्तमान सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।
देशमा निर्वाचनको माहौल निर्माण भइसकेको दावी गर्नुहुँदै गृहमन्त्री खनालले यसकालागि नागरिक तथा त्यसभित्र पनि जेनजी पुस्तासँग सहकार्य गरेर सरकार अगाडि बढिरहेको बताउनुभयो ।
गृहमन्त्री अर्यालले अपराध तथा हिंसा नियन्त्रणका लागि सरकारले सुरक्षा निकायको मनोबल बढाउने दिशामा समेत काम गरिरहेको बताउनु भयो ।
गृहमन्त्री अर्यालले अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पायो त्यो बोल्न छुट नहुने समेत बताउनु भयो ।
उहाँले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामुदायिक हिंसा, धार्मिक द्वन्द्व फैलाउने तथा राजनीतिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिने छुट नहुने बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्