जुटेन सहमति, विशेष महाधिवेशन पक्षधरबाट सहमतिका लागि यस्ता थिए प्रस्ताव

काठमाडौँ – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव दिए पनि उक्त प्रस्तावमा सहमति जुटन नसकेपछि पार्टी फुटको संघारमा पुगेको छ ।

महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले बिहान आफ्नै निवासमा बोलाएको भए पनि सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।

महामन्त्रीद्धयले कांग्रेसलाई एकढिक्का गराएर लैजानुपर्छ भन्दै अन्तिम समयसम्म पनि सहमतिका लागि पर्खने रणनीति लिएअनुसार आज बिहान वार्ता भएको थियो ।

सहमतिका लागि महाधिवेशन पक्षधरले ८ बुँदे प्रस्ताव अघि सारेको थियो । जसमा सहमति जुटन नसकेपछि विशेष अधिवेशन निर्वाचन प्रकृया अघि बढाएको छ ।

योसँगै अब विशेष महाविधेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढेको छ ।

सहमतिका लागि भन्दै हिजो दिउँसोदेखि थालिएको मनोनयनलाई आज बिहानका लागि समय थपिएको थियो । त्यससँगै हिजोका सबै निर्वाचन तालिका पछाडि धकेलिएको थियो ।

निर्वाचन प्रक्रिया अगाडि बढेको मनोनय काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.