काँग्रेस सभापति थापा र उपसभापति शर्मा सहितका नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ- नेपाली काँग्रेसको विशेष अधिवेशनपछि नवगठित कार्यसमितिका सभापति गगनकुमार थापा सहित काँग्रेस पदाधिकारी केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जानु भएको छ ।
विहान बसेको केन्द्रीय कार्य समितिको निर्णय बमोजिम सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल लगायत पदाधिकारीका साथै केही केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जानुभएको हो ।
आज विहान बसेको केन्द्रीय कार्य समितिको बैठकले विशेष अधिवेशनले गरेका निर्णयहरु आजै निर्वाचन आयोगमा अध्यवधिक गराउने निर्णय गरेको थियो । सोही बमोजिम आवश्यक कागजातसहित नेताहरु आयोग जानु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्