काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा राजीनामा

राजीनामापछि सुनीता डंगोल स्वत: कार्यवाहक मेयर

काठमाडौं- काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनु भएको छ । 

मेयर बालेनले आजै देखि लागु हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष   राजीनामा पेश दिनु भएको हो । 

राजीनामा पत्रमा शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार नगर प्रमुख पदबाट अलग हुने निर्णय गरेको उल्लेख गर्नु भएको छ । 

पत्रमा उहाँले नगर प्रमुखका रूपमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितका लागि सकेसम्म इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको साथै अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्नु भएको छ ।

बालेनको राजीनामा सँगै उपमेयर सुनीता डंगोल स्वत: कार्यवाहक मेयर बन्नु भएको छ ।  राजीनामा पछि बालेन रास्वपा मुख्यालय बालाजु पुग्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.