सुनको मुल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ

काठमाडौँ- आज स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

गत पुस ३० गते कायम भएको उचाईलाई तोड्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँ बढेको छ ।

आजको बजारमा चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ६५५ रुपैयाँको उचाईलाई तोड्दै नयाँ उचाई बनाएको हो ।

आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.