तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।
त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।






प्रतिक्रिया राख्नुहोस्