अर्घाखाँचीमा काँग्रेसबाट विष्णु खनाल ‘मुस्कान’को मनोनयन दर्ता

अर्घाखाँची-  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट नेपाली काँग्रेसका विष्णु प्रसाद खनाल मुस्कानले उम्मेदावरी दर्ता गराउनु भएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नु भएको हो ।

मालारानी गाउँपालिका–४ खनका खनालको राजनीतिक यात्रा विद्यार्थी राजनीति नेविसंघबाट सुरु भएको हो। स्थायी शिक्षकको जागिर त्यागेर २०५४ सालको स्थानीय निर्वाचनमा खन गाविस अध्यक्षका लागि उम्मेदवार बन्नु भएको थियो ।

उहाँ विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेर  गाउँ, क्षेत्र र जिल्लाका विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव, उपसभापति र सभापति हुँदै  अहिले प्रदेश नेतृत्वमा छन्।  संघर्ष, निरन्तरता र संगठनमा पकड भएका नेता खनाललाई कांग्रेसले यसपटक प्रतिनिधिसभाको उम्मेदवारका रूपमा अघि सारेको हो । यसै गरी एमालेबाट जिल्ला पिताम्बर भुसाल र नेकपाबाट राम बहादुर चौहान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरी भुसाल उम्मेदवार बन्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.