सिरहामा संयुक्त निर्वाचन सुरक्षा अभ्यास सम्पन्न

सिरहा- सिरहा जिल्लामा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको छ ।
जिल्ला सुरक्षा समितिको संयोजकत्वमा मिति २०८२/१०/०७ गते मिर्चैया नगरपालिकास्थित जिवा खोला क्षेत्रमा संयुक्त निर्वाचन सुरक्षा अभ्यासको आयोजना गरिएको हो।
अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी गरी करिब ४०० जनाको सहभागिता रहेको थियो।
फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ।
अभ्यासका क्रममा निर्वाचन अवधिमा उत्पन्न हुन सक्ने विभिन्न सम्भावित सुरक्षा चुनौतीहरूको परिकल्पना गर्दै सुरक्षा निकायहरूले मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, आपतकालीन प्रतिक्रिया लगायतका सुरक्षात्मक कार्यहरूको अभ्यास तथा प्रदर्शन गरिएको थियो ।
यस अभ्यासले निर्वाचन सुरक्षामा खटिने नेपाली सेना तथा अन्य सुरक्षा निकायहरूबीच आपसी समन्वय, सहकार्य र तयारीस्तरलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।






प्रतिक्रिया राख्नुहोस्