अर्घाखाँचीमा एउटै वडाका चार जना उम्मेदवार

अर्घाखाँची- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको मालारानी गाउँपालिका–५ बागीका चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवारी दिनुभएका रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका–५ बागी एउटै गाउँका हुनुहुन्छ ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका विष्णुप्रसाद खनाल मुस्कान मालारानी गाउँपालिका–४ खनकाका बासिन्दा हुनुहुन्छ । मालारानी गाउँपालिकाका पाँच जना उम्मेदवार छन् । अर्घाखाँचीमा विभिन्न पार्टी र स्वतन्त्र गरी एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.