काँग्रेसले फागुन ७ गते जनकपुरधाममा आमसभा गर्ने

काठमाडौँ- नेपाली काँग्रेसले यही फागुन ७ गते मधेश प्रदेशको जनकपुरधाममा ऐतिहासिक आम सभा गर्ने निर्णय गरेको छ।
काँग्रेसका प्रवक्ता देवराज चालिसेले आज सामाजिक सञ्जालमार्फत आगामी निर्वाचन केन्द्रीत आमसभा शहीद नगरी जनकपुरधाममा फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको दिनमा गर्ने जानकारी दिनुभएको छ ।
सो आमसभालाई सभापति गगनकुमार थापा लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने प्रवक्ता चालिसेले उल्लेख गर्नुभएको छ।
यसका लागि काँग्रेसले ‘चलु जनकपुर, भरु जनकपुर’ अभियान चलाउने भएको छ।।






प्रतिक्रिया राख्नुहोस्