नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौँ- साताको दोस्रो कारोवार दिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ ।

सोमवार नेप्से परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर दुई हजार ७६९ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ३६६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमवार होटल समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो । हाईड्रो समूह पनि ०.३०, उत्पादन तथा प्रशोधन ०.४० र म्युचुअल फण्ड ०.७८ प्रतिशतले बढ्यो भने बाँकी समूहमा गिरावट आयो । सोमवार नेप्सेमा कारोबार भएकामध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, माउन्टेन हाईड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यसैगरी, ट्रेड टावरको सेयरमूल्य ९.२५ प्रतिशत, त्रिशुली जलविद्युतको ८.९३ र बन्दीपुर केवलकारको सेयरमूल्य ८.०७ प्रतिशतले बढ्यो ।

नेशनल हाईड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.१२ प्रतिशतको गिरावट आयो । यस्तै कालिका पावरको २.९६ र ज्योती विकास बैंकको सेयरमूल्य पनि २.९५ प्रतिशतले घट्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.