रास्वपा बरिष्ठ नेता  शाह सुदुरपश्चिममा

सुदूरपश्चिम प्रदेश – आश्नन फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको  प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज सुदुरपश्चिममा आइपुग्नु भएको छ।

दिउँसो १ बजे अत्तरियास्थित रास्वपाको पार्टी कार्यालयमा संक्षिप्त भेटघाट गरि दिउँसो ३ बजे धनगढी पुग्नु भयो । धनगढी बजारमा स्वागत तथा अभिवादन कार्यक्रममा शाह सहभागी हुनुभएको छ ।

कैलालीको कार्यक्रम सकेर नेता शाह कञ्चनपुर प्रस्थान गर्नुहुने छ । कञ्चनपुरमा उहाँले पुनर्वास चोक, झलारी र महेन्द्रनगर बजारमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्नुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.