मनाङमा भारी हिमपात, पदयात्रीलाई सतर्कता अपनाउन आग्रह

मनाङ- मनाङ जिल्लाको माथिल्लो भू-भागमा लगातार भारी हिमपात भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रामा निस्कने पर्यटकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार जिल्लाका उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेकाले सम्भावित जोखिम बढेको हो।

सोही जोखिमलाई मध्यनजर गर्दै थोरङला पास, लार्के पास, काला पास, तिलिचो लगायतका पदयात्रा मार्गमा यात्रा गर्दा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनासँग समन्वय गरी मात्र पदयात्रामा निस्कन जिल्ला सुरक्षा समिति मनाङले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आन्तरिक तथा बाह्य सबै पर्यटकलाई पदयात्रा अघि वा यात्राका क्रममा कुनै विपद् वा आपतकालीन अवस्था आएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई, सुरक्षा निकाय वा स्थानीय प्रशासनलाई तुरुन्त जानकारी गराउन समेत आग्रह गरेको छ।

आपतकालीन सम्पर्कका लागि जिल्ला प्रशासन कार्यालय मनाङले जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.