चुनावी मैदानमा दलहरुको साझा प्रतिबद्धता

धादिङ- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउनका लागि धादिङ जिल्लामा चुनावी दौडमा रहेका राजनीतिक दलहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् ।
दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले साझा प्रतिबद्धता जनाएका हुन् ।
जिल्लामा शान्ति, अमनचयन, राजनीतिक तथा सामाजिक सद्भाव कायम गर्दै निर्वाचन गराउनुपर्ने दायित्व राजनीतिक दलहरुको पनि भएका कारण प्रतिश्पर्धी पार्टीहरुले सो निर्णय गरेका हुन।
योसँगै सन्तुलित र न्यायपूर्ण विकास, सुशासन र समतामूलक समाज निर्माणका लागि आपसी सहकार्य अहिलेको अवाश्यकता रहेको पनि सहभागी राजनीतिक दलका नेता तथा उम्मेद्वारहरुको भनाइ थियो ।
निर्वाचनपछि जुनसुकै पार्टी वा उम्मेदवार निर्वाचित भएपनि जिल्लाको समग्र हितका लागि मिलेर काम गर्ने कुरामा समेत दलहरु सहमत भएका छन ।
मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउन सम्बद्ध पक्षलाई सहयोग गर्ने तथा सबै दल र उम्मेदवारप्रति सम्मान र आदरभाव कायम गर्ने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।।






प्रतिक्रिया राख्नुहोस्