धादिङमा किसानहरु कफी खेतीतर्फ आकर्षित

धादिङ- भौगोलिक बनावट र हावापानी कफीका लागि निकै उपयुक्त देखिएपछि धादिङमा किसानहरुले कफीको ब्यवसायिक खेती थालेका छन ।
स्थानीय तहले समेत सहयोग गर्न थालेपछि ज्वालामुखी गाउँपालिकाका अधिकांश किसानहरुले उत्पादनसमेत सुरु गरेका छन् ।
कफी लगाएको तीन-चार वर्षमा नै उत्पादन दिन थालेको छ भने पुराना कफीका बगैँचाहरुलाई पनि राम्रो व्यवस्थापन गर्न सुरु गरिएको छ ।
किसानहरुले अहिले कफीको प्रशोधित दाना बिक्रीबाट राम्रो आम्दानी लिन थालेका छन् । कोदो र मकैभन्दा निकै राम्रो उत्पादन र बिक्री भएपछि आम्दानी बढेको किसानहरुको भनाइ छ ।

यसो त स्थानीय तहले पनि कफी खेती गर्न सहयोग सुरु गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय धादिङका अनुसार कफी खेती प्रबर्द्धन कार्यक्रम अन्तर्गत जिल्लामा विशेष कार्यक्रम सुरु गरिएको हो ।
यस अन्तर्गत परीक्षणको रुपमा खनीयावास गाउँपालिकामा पन्ध्र हजार बोट कफी लगाईएको कार्यालयले जनाएको छ ।
कफी खेतीले गरीवी निवारण, रोजगारी श्रृजना र वताबरण संरक्षण र बाँझो जमीनको उपयोग गर्दै आयआर्जनको राम्रो श्रोत बन्दै गएको स्थानीय सरकारको बुझाइ छ ।
जिल्लाको शिद्धलेक, ज्वालामुखी, गंगाजमुना, खनीयावास गाउँपालिका र धुनीवेशी नगरपालिकामा ब्यवसायिक कफी खेती सुरु गरिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्