राष्ट्रपति पौडेल माघ १८ गते जापान भ्रमणमा जाने‍

काठमाडौँ- राष्ट्रपति  रामचन्द्र पौडेल यही माघ १८ गते आइतबार जापान भ्रमणमा जानु हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभएको छ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेलसहितको प्रतिनिधिमण्डल माघ १८ गतेदेखि २१ सम्म जापान भ्रमणमा जान लागेको हो ।

बैठकले प्रहरीको रासन भत्ता बृद्धि गर्ने लगायतका निर्णय समेत गरेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.