नारायणगढ–मुग्लिन सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको हो ।
लुम्बिनी प्रदेश ०२,००१ ख ०४६६० नम्बरको रात्रिबस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।
मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।
बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।






प्रतिक्रिया राख्नुहोस्