सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

सिरहा – सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको गोली प्रहारबाट मृत्यु भएको छ।

वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार नजिक आफ्नै खेतमा ट्र्याक्टर चलाइरहेका बेला अज्ञात व्यक्तिले उनलाई गोली हानेका हुन्।

घटनास्थलमै यादवको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाको कारण र संलग्न व्यक्तिबारे खुल्न सकेको छैन। प्रहरीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.