रूपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा बसमा सवार १३ जना विद्यार्थी घाइते

रूपन्देही– रूपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा भएको दुर्घटनामा १३ जना विद्यार्थी घाइते भएका छन्।
आज विहान परासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र भैरहवाबाट जाँदै गरेको लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुर सडक दस्तुर संकलन केन्द्र नजिकै ठोक्किएको र १३ जना विद्यार्थी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकरी दिनु भयो ।
दुर्घटनामा घाइते भएका विद्यार्थीहरूको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचार भइरहेको छ। अस्पतालका प्रशासन संयोजक तेज केसीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ।
घाइते विद्यार्थीहरू शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत रहेका र उनीहरू रोहिणी तथा ओमसतिया क्षेत्रका भएको प्रहरीले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्