दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज (पर्सा)- चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट चार अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।

ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।

यसैगरी, चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.