प्रदेश सरकारले मृतकका परिवारलाई १-१ लाख रुपैयाँ राहत दिने

कैलाली- सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको परिवारलाई १-१ लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै बैठकले बस दुर्घटनामा परी घाइते भएकाहरूको सरकारी अस्पतालमा लाग्ने औषधि उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ गइरहेको बस बिहीबार राति पुर्चौंडी नगरपालिका–७ बडगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

२५ जनाको डडेल्धुरा अस्पताल, ५ जनाको धनगढीको निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रदेश सरकारले दुर्घटनामा परी घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौँसम्म पुर्‍याउन आवश्यक भए हेलिकप्टर व्यवस्था पनि गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.