कार्यकर्ता भेटघाटका लागि झापामा एमाले अध्यक्ष ओली

झापा-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रम अन्तर्गत कार्यकर्ता भेटघाटका लागि झापा पुग्नु भएको छ ।
आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष ओलीले युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउँदै युवापुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने धारणा व्यक्त राख्नु भयो ।
झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै सबै नेता-कार्यकर्ता तथा समर्थकलाई आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह गर्नुभयो।
अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ता र युवाहरूको ठूलो उपस्थितिमा भव्य स्वागत गरिएको थियो।






प्रतिक्रिया राख्नुहोस्