तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज तोलामा १०० रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.