नेपाली काँग्रेसले आइतबार चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

 काठमाडौं– नेपाली कांग्रेसले आगामी आइतबार दलको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्रीको उम्मेदवारमा सभापति गगन कुमार थापालाई अघि सारेर निर्वाचनमा गएको कांग्रेसले आइतवार फागुन ३ गते प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दलको घोषणापत्र सार्वजनिक गर्न लगेको पार्टी प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार जानकारी दिनु भयो ।

चालिसका अनुसार अनुसार घोषणा  पत्र सार्वजनिकका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिएको  छ ।

कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । पार्टी सभापति थापाले घोषणापत्रलाई आगामी पाँच वर्ष सरकार सञ्चालन गर्ने योजनासहितको प्रतिज्ञापत्र हुने बताउनु भएको छ ।

निर्वाचन आयोगले दलहरुलाई ४ गते भित्र नै घोषणा पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.