करदाता सेवा कार्यालय खारेज भएपछि गौरका व्यापारी आन्दोलित

रौतहट- रौतहटको गौरबाट करदाताहरूलाई हैरानी हुनेगरी करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध स्थानीय व्यापारीहरू आन्दोलित भएका छन्।

व्यवसायीहरूले कार्यालय पुनःस्थापनाको माग गर्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्।

सरकारको पछिल्लो निर्णयअनुसार गौरस्थित करदाता सेवा कार्यालय खारेज गरिएपछि करसम्बन्धी कामका लागि सेवाग्राहीलाई टाढा जानुपर्ने बाध्यता सिर्जना भएको छ। यसले साना तथा मध्यम व्यवसायीहरूलाई थप आर्थिक र प्रशासनिक बोझ पर्ने व्यापारीहरूको भनाइ छ।

स्थानीय व्यवसायीका अनुसार कार्यालय खारेज हुँदा कर बुझाउने, प्यान/भ्याटसम्बन्धी प्रक्रिया पूरा गर्ने तथा अन्य राजस्वसम्बन्धी कामका लागि टाढा धाउनुपर्ने अवस्था आएको छ।

यस्तो निर्णयमा पनि जनप्रतिनिधिहरू जनताको पक्षमा बोल्नुपर्नेमा मौन बस्नु दुःखद भएको व्यापारीहरुको भनाइ छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.