टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त

काभ्रे -टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त भएको छ । बुधबार बिहान अरनिको राजमार्गस्थित बनेपा टेलिकम चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बनेपाबाट काठमाडौं तर्फ जादै गरेको बागमती प्रदेश ०१-००४ क ३४२३ नम्बरको टिपरले सोही दिशा तर्फ गइरहेको बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । अहिले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्