चुनावी रौनकले नछोएको रुकुम पूर्व

रुकुम पूर्व-  रुकुम पुर्वका अधिकांश बस्तीहरु यतिखेर सुनसान जस्तै छन ।

देशभर आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरु चुनावी प्रतिश्पर्धामा होमिदा रुकुम पूर्वका बस्तीहरुलाई भने चुनावी सारगर्मीले छोएको छैन ।

राजनीतिक दलहरुको अलि अलि प्रचारप्रसारमा देखिए पनि जनतामा धेरै चासो देखिएको छैन। स्थानीयहरु चुनावी चासोमा भन्दा आफ्नो काममा व्यस्त रहेका छन् ।

एकमात्र निर्वचन क्षेत्र रहेको जिल्लामा दुई जना महिलासहित ११ जना उम्मेदवार प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

३४,७७२ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर राजनीतिक दल र तिनका उम्मेदवारहरुले अलिअलि आमसभा, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम भने गरेका छन् । घरदैलोमा पुग्ने उम्मेदवारहरूसँग मतदाताहरूले राख्ने अपेक्षा र जिज्ञासा भने झण्डै समान देखिन्छन् ।

प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन भए पनि स्थानीयस्तरका समस्या प्रमुख रूपमा उठिरहेका छन्।

विद्यालयमा चुहिएको छानो मर्मत, खानेपानी विस्तार, विद्यालयमा पक्की भवन निर्माण, लक्षित वर्गको शौचालय निर्माण, रोजगारी लगायतका मागहरु मतदाताहरूले उम्मेदवारसँग राखेका छन् ।

नीति निर्माणसँगै जनअपेक्षा सम्बोधन गर्नु अति महत्वपूर्ण जिम्मेवारी रहेको महसुस यहाँका उमेदवारले पनि गरिरहेकै छन ।

उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् तर घरदैलो कार्यक्रममा युवा मतदाता भेटिन कठिन छ ।

गाउँघरमा प्रायः ज्येष्ठ नागरिक मात्र देखिन्छन् भने धेरै घरहरूमा ताल्चा झुण्डिएका छन ।

स्थानीयहरुले गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा र पर्याप्त रोजगारीको अभाव बसाइँसराइको प्रमुख कारण रहेको र युवा पलायन हुनुपरेको भन्दै उमेदवारहरुसँग गुनासो र आशा दुबै राखेको पाइन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.