निर्वाचनमा धाँधली रोक्न एमालेको ‘नेसनल भोलिन्टियर फोर्स’: अध्यक्ष ओली

झापा- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिस्थायित्वको पक्षमा रहेको बताउनुभएको छ ।

दमकमा आज आयोजित कार्यक्रममा उहाँले नेशनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउनुभयो

अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गर्नुभयो । नेशनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न सञ्चार माध्यममा आएको निर्वाचनमा धाँधली हुने विषयतर्फ संकेत गर्दै अध्यक्ष ओलीले कसैले पनि निर्वाचनमा बलपूर्वक मत खसाल्न बाध्य पार्न नसक्ने र भोलेन्टियर फोर्सले निर्वाचनलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउने दावी गर्नुभयो ।

नेकपा (एमाले) ले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स गठन गरेको उहाँको भनाइ छ । उहाँले चुनावी सभालाई सम्बोधन गर्दै देशभरका जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडिसकेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.