आर्थिक सहयोग गरेर विद्यालयलाई ऋण मुक्त

म्याग्दी- जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् ।

निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।

पूर्व शिक्षक, ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा बाँसखर्कका पूर्व प्रधानपञ्च लालबहादुर पुनका नातिनीहरुले सहकारीको ऋण तिरेर विद्याललाई ऋण मुक्त बनाएका हुन् ।

पुन परिवारले सहकारीमा रहेको नौ लाख २९ हजार रुपैयाँ ऋण तिरेर धितो राखेको जग्गाधनी प्रमाणपत्र फिर्ता गराएको प्रअ खत्रीले जानकारी दिनुभयो ।

लालबहादुरका नातिनी जुवाई कमलबहादुर पुर्जा, नातिनीहरु पार्वति, राधा, सिता, शान्ति र पनती पवनको तर्फबाट विद्यालयलाई सहयोग प्राप्त भएको हो । सहयोगदाताहरुलाई सोमबार बाँसखर्कमा विद्यालयले कार्यक्रम सहित सम्मान गरेको थियो ।

विद्यालयले धितो रहेको प्रअ खत्रीको जग्गाधनी प्रमाणपत्र फिर्ता गरेको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ९४ जना विद्यार्थीहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.