निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्छ- पूर्व प्रधानमन्त्री ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्ने बताउनु भएको छ ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियुले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा उहाँले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्नु भएको हो ।

मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश संकट तर्फ धकेलिएको अध्यक्ष ओलीको भनाई थियो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य  नहुने ओलीले बताउनु भयो । चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा उहाँले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासा संवोधन गर्दै उहाँले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.