ढुक्कसँग मतदान गर्नुस् सुरक्षाको जिम्मेवारी पूर्ण रुपमा लिन्छौः सिन्धुलीका प्रजिअ श्रेष्ठ

अनिल भण्डारी, सिन्धुली- सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निर्वाचनमा आवश्यक सुरक्षाको सम्पुर्ण तयारी पूरा भएको बताउनुभएको छ । निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी राष्टिय अनुसन्धान र निर्वाचन प्रहरी गरि ३५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
मतदातालाई आफ्नो नामावली रहेको मतदान केन्द्रमा ढुक्कसँग गएर मतदान गर्न आग्रह गर्दै सम्पुर्ण सुरक्षाको तयारी पुरा भएको र भयरहित निष्पक्ष र शान्तिपूर्ण निर्वाचन हुनेमा विश्वास व्यक्त गर्नुभयो । सुरक्षा निकायले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा पुग्ने र निगरानी बढाउने गरिरहेको छ, ढुक्कसँग मतदान गर्न सम्पुर्ण मतदातालाई आह्वान गर्छौ उहाँले भन्नुभयो ।
१ सय ५१ मतदानस्थलमा २ सय ७२ ओटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । दुई लाख १५ हजार १९ जना मतदाता रहेको सिन्धुलीमा ६ हजार ६ सय ५० जना नयाँ मतदाता थपिएका छन् । यस्तै ५ ओटा मतदान केन्द्र यस निर्वाचनमा थप भएको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्