सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० र चाँदी प्रतितोला दुई सय ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ९८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.