कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

बाजुरा–  गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार कानुन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।
सुदूरपश्चिमको बाजुरामा निर्वाचन अघि शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन पुग्नुभएका गृहमन्त्री अर्यालले कानुन विपरितका कार्य कसैले पनि नगर्न आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षी बैठकमा मन्त्री अर्यालले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो ।
गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि बनेको सरकारले निर्वाचनको जिम्मेवारी लिएकाले निर्वाचन हुनेमा कुनै शंका नगर्न गृहमन्त्री अर्यालले आग्रह गर्नुभयो । निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पाएकाले हदैसम्म सहजीकरण गर्न सरकार पछि नहट्ने उहाँको भनाइ थियो ।
गृहमन्त्री अर्यालले राजनितिक र प्रशासनिक सुशासन प्रत्याभूत गराउन निर्वाचन आवश्यक भएको बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीलाई कोही कसैको पनि पक्षधर नबन्न उहाँले निर्देशन दिनुभयो । उहाँले सुरक्षाकर्मी र नागरिक माथि कुनै किसिमको हिंसा हुन नदिन जिल्लामा दलहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
गहृमन्त्री अर्याल तथा गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोली जिल्ला आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.