उपत्यकाका विभिन्न ठाउँमा होली मनाउन मानिसहरुको घुइँचो

काठमाडौँ- रङ्गहरूको पर्व फागुपूर्णिमा (होली)का अवसरमा आज काठमाडौँलगायत देशका प्रमुख शहरहरुमा होली सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन ।
होलीको अवसरमा वसन्तपुर दरबार क्षेत्रमा रङ खेल्दै उत्सव मनाउन आएका नागरिकको घुइँचो लागेको छ।
काठमाडौँ उपत्यकाका विभिन्न चोक तथा गल्लीहरुमा मानिसहरु भेला भएर एकआपसमा रंग दलेर र शुभकामना आदानप्रदान गरेर होली मनाइरहेका छन ।
केही बर्ष अघि होलीका दिनमा लोला हान्ने विकृती भने विस्तारै कम हुँदै गएको छ।
मानिसहरु विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि सहभागी भइरहेका छन ।।






प्रतिक्रिया राख्नुहोस्