प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४- बाम गठबन्धललाई करिब दुई तिहाई बुहमत

काठमाडौँ – दोस्रो संविधानसभाबाट नेपालको संविधान जारी भएपछि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भयो । जसले मुलुकलाई नयाँ संविधानको कार्यान्वयन गराउँदै देशलाई औपचारिक रूपमा संघीय संरचनामा प्रवेश गराएको थियो ।

२०७२ साल असोज ३ गते संविधानसभाद्वारा नेपालको संविधान जारी भएपछि संविधानको धारा २९६ बमोजिम संविधानसभा व्यवस्थापिका–संसद्मा स्वतः रूपान्तरण भयो ।

सोही रूपान्तरित भएको व्यवस्थापिका–संसद्को कार्यकाल संवत् २०७४ साल माघ ७ गतेसम्म रहने भए पनि संवत् २०७४ मंसिर १० र २१ गते संघीय संसद् प्रतिनिधि सभाको निर्वाचन हुने भनी घोषणा भएकोले सो अवधिभन्दा अगाडि नै निर्वाचन गरिएको थियो । रूपान्तरित व्यवस्थापिकाका समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन अर्थात् संवत् २०७४ असोज २८ गतेसम्म कायम रहेको थियो ।

रूपान्तरित व्यवस्थापिका–संसद्ले संघीय संसद्को निर्वाचन सम्बन्धमा आवश्यक पर्ने कानून निर्माणको कार्य सम्पन्न गर्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मुलुकलाई निर्वाचनमा लगिएको थियो ।

नेपाल सरकारबाट २०७४ भदौ ५ गते पहिला एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्ने घोषणा भए पनि २०७४ भदौ १४ गते मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा निर्वाचन सम्पन्न गर्ने गरी पुनः मिति घोषणा भएको थियो ।

संविधान अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भएको प्रतिनिधि सभा निर्वाचनका लागि ९५ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए । जसमध्ये ७७ लाख ७६ हजार ६२८ पुरुष, ७६ लाख ५१ हजार १४३ महिला र १६७ तेस्रो लिङ्गी थिए ।

आयोगमा निवेदन दिएका ९१ दललाई आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि चुनाव चिह्न वितरण गरेको थियो ।

निर्वाचनमा भाग लिन नाम दर्ता गराएकामध्ये निर्वाचनमा भने ५५ राजनीतिक दलले मात्र भाग लिएका थिए । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचनमा भाग लिने प्रयोजनमा विभिन्न ८८ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।प्रतिनिधि सभाको समानुपातिक तर्फ भने जम्मा ४९ राजनीतिक दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए ।

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि १० हजार ६७१ स्थलमा १९ हजार ८०९ मतदान केन्द्र तोकिएको थियो । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा दुई हजार ९१९ स्थलमा चार हजार ४६५ मतदान केन्द्र थिए ।

यस्तै दोस्रो चरणमा निर्वाचन भएका ४५ जिल्लामा सात हजार ७५२ स्थलमा १५ हजार ३४४ मतदान केन्द्र स्थापना गरिएको थियो ।एउटा मतदान केन्द्रमा बढीमा सालाखाला १०६४ जना मतदाता रहने गरी व्यवस्थापन गरिएको भए तापनि भौगोलिक विकटता, जनसंख्याको घनत्व आदिका कारण मतदान केन्द्रमा मतदाताहरूको संख्या फरकफरक रहेका थिए । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ रहेको थियो । निर्वाचनमा भाग लिने मतदाताको सङ्ख्या १,०५,८७,५२१ भाग लिएका थिए ।

आयोगका अनुसार पहिलो चरण (मंसिर १०) मा सम्पन्न मतदानमा २० लाख ६८ हजार ७८९ मतदाताले मताधिकार प्रयोग गरेका थिए । यस्तै दोस्रो चरण (मंसिर २१) मा ८५ लाख २५ हजार १७३ मतदाता निर्वाचनमा सहभागी भएका थिए । दुवै चरणमा गरी औसत मतदान ६८.६७ प्रतिशत भएको थियो ।

मतदानको दिन मतदान केन्द्रमा उत्पन्न विवादका कारण पहिलो चरणमा रुकुम जिल्लामा दुईवटा मतदान केन्द्रमा र दोस्रो चरणमा अर्घाखाँचीका दुईवटा मतदान केन्द्रमा मतदान सुचारु हुन नसकेपछि ती केन्द्रमा अर्को दिन पुनः मतदान भएको थियो ।

सोही बमोजिम निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन दुई चरणमा सम्पन्न गरी २०७४ फागुन २ गते सम्माननीय राष्ट्रपति समक्ष निर्वाचन परिणाम पेस भएको थियो । यो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका वाम दलहरू वाम गठबन्धन बनाएर निर्वाचनमा गएकोमा एमाले निर्वाचनबाट पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित भयो । विशेष गरी माओवादी केन्द्र र एमालेबीच चुनावी गठबन्धन र निर्वाचनपछि पार्टी एकताको सहमति भएको थियो । सोही सहमतिको कार्यान्वयन गर्दै तत्कालीन वामपन्थी दुई ठूला दलहरूले करिब दुई तिहाइ बहुमत नजिक पुर्याएका थिए ।

१६५ सिट प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यका लागि भएको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ गठबन्धन गरी नेकपा एमालेले १०३ क्षेत्र र माओवादी केन्द्रले ५९ क्षेत्रमा उम्मेदवारी दिएका थिए । अन्य सिटमा अन्य वाम पार्टीहरूलाई सघाएका थिए ।

१०३ स्थानमा उम्मेदवारी दिएको नेकपा एमालेले जम्मा ३०,८२,२७७ मत अर्थात् ३०.६८ प्रतिशत मतसहित ८० सिटमा चुनाव जितेको थियो भने समानुपातिकतर्फ ३१,७३,४४९ अर्थात् ३३.२५ प्रतिशत मत प्राप्त गरी ४१ जना सांसदहरू निर्वाचित गरी प्रतिनिधि सभामा कुल १२१ जना सांसदसहित सबैभन्दा ठूलो दलका रूपमा उपस्थित भयो ।

नेकपा माओवादी केन्द्रले गठबन्धनका तर्फबाट ५९ स्थानमा उम्मेदवारी दिएकोमा ३६ सिटमा जितेको थियो । जम्मा १५,१०,७६० मत अर्थात् १५.०३ प्रतिशत मत प्राप्त गरेको र समानुपातिकतर्फ १३,०३,७२१ मत अर्थात् १३.६५ प्रतिशत मत प्राप्त गरी १७ जना समानुपातिक सांसदहरू निर्वाचित गरेको थियो । कुल ५३ जना सांसदसहित प्रतिनिधि सभामा उपस्थित भएको थियो ।

नेपाली कांग्रेसले पनि विभिन्न दलहरूसँग गठबन्धन गर्दै जम्मा १५४ स्थानमा उम्मेदवारी दिएको थियो, जसमध्ये जम्मा २३ स्थानमा विजयी हासिल गर्यो भने प्रत्यक्षतर्फ जम्मा ३५,९०,७९३ अर्थात् ३५.७४ प्रतिशत मत प्राप्त गरेको थियो ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको नतिजा 

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या
नेकपा (एमाले) १०३ ८०
नेकपा (माओवादी केन्द्र) ५९ ३६
नेपाली कांग्रेस १५४ २३
राष्ट्रिय जनता पार्टी नेपाल ६५ ११
संघीय समाजवादी फोरम, नेपाल १०७ १०
नेपाल मजदुर किसान पार्टी ६०
राष्ट्रिय प्रजातन्त्र पार्टी
स्वतन्त्र ४९२
राष्ट्रिय जनमोर्चा
१० नयाँ शक्ति पार्टी नेपाल

समानुपातिकतर्फ ३१,२८,३८९ अर्थात् ३२.७७ प्रतिशत मत प्राप्त गरी ४० जना सांसदहरू निर्वाचित गरेर कूल ६३ सांसदसहित प्रतिनिधि सभामा पुगेका थिए । करिब दुई दर्जनभन्दा बढी दलहरूले निर्वाचनमा भाग लिए तापनि जम्मा ९ वटा दलहरू मात्र निर्वाचित भएर संसद्मा उपस्थित भएका छन् ।

प्रतिनिधि सभाको समानुपातिक तर्फको नतिजा 

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या
नेकपा (एमाले) ३१,७३,४९४ ४१
नेपाली कांग्रेस ३१,२८,३८९ ४०
नेकपा (माओवादी केन्द्र) १३,०३,७२१ १७
राष्ट्रिय जनता पार्टी नेपाल ४,७२,२५४
संघीय समाजवादी फोरम, नेपाल ४,७०,२०१

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा कूल ४९ राजनीतिक दलले निर्वाचन आयोगमा सूची बुझाएका थिए । दलले उम्मेदवारको बन्द सूची पेस गरेकोमा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल गरी पाँच राजनीतिक दलका ११० जना उम्मेदवार समानुपातिकतर्फ निर्वाचित भएका थिए । निर्वाचनपछि संघीय संसद् प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७४ फागुन २१ गते बसेको थियो ।

प्रतिनिधि सभाको उत्तरार्धमा सभामा प्रतिनिधित्व गर्ने दलहरू एक आपसमा गाभिँदा र छुट्टिँदा ६ वटा दलका एवम् ४ जना स्वतन्त्र सदस्यको प्रतिनिधित्व रहेको थियो ।

प्रतिनिधि सभामा जम्मा २७५ जना सदस्यहरू निर्वाचित भए पनि विभिन्न कारणले सभाका सदस्यहरूको पद रिक्त भई माननीय सदस्यहरूको सङ्ख्या २७० मात्र कायम रहेको थियो । जसले प्रतिनिधि सभामा पहिलो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा वाम गठबन्धनको दुई तिहाई बहुमतको सरकार गठन भयो ।

तथापी संविधान कार्यान्वयनको पहिलो निर्वाचनबाट आएको प्रतिनिधि सभा दुई पटक प्रतिनिधि विघटन भोग्न पुग्यो र यो पनि दल विभाजन र राजनीतिक सत्ता खिचातानीबाट बाहिर आउन सकेन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि भसाको एकै कार्यकालयमा तीन पटक प्रधानमन्त्री बने ।

एकीकरण भएको नेकपा अदालतको आदेशबाट अ आफ्नै दलको रुपमा पछि फर्किए भने एमाले विभाजन भएर माधव नेपाल झलनाथ खनालको नेतृत्वमा नेकपा समाजबादी दल बन्यो ।प्रतिनिधिसभाको विघटन निर्णय अदालतबाट उल्टिएसँगै नेकपा माओवादी केन्द्र, समाजबादी र मधेशबादी दलहरुको समर्थनमा नेपाली काँग्रेसमा शेर बहादुर देउवा पाचौ पटक प्रधानमन्त्री बन्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.